+
+
Shares

राजधानीमा थकाली समुदायको सांस्कृतिक विमर्श

थकाली समुदायले आफ्नो संस्कृतिबारे काठमाडौँमा विमर्श गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १८:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थकाली समुदायले काठमाडौँमा पहिलोपल्ट आफ्नो सांस्कृतिक पक्ष र विशिष्ट अधिकार विषयक जागरण सभा आयोजना गरेको छ।
  • थासाङ जागरण मञ्चका अध्यक्ष वसन्त शेरचनको अध्यक्षतामा आयोजित समारोहमा थकाली समुदायका विविध सांस्कृतिक प्रस्तुति देखाइएको थियो।
  • साहित्यकार दामोदर पुडासैनी र अधिवक्ता दिनेश कुमार घलेले आदिवासी मानवअधिकारसम्बन्धी विचार व्यक्त गरेका थिए।

२९ पुस, काठमाडौं ।  थकाली समुदायले आफ्नो संस्कृतिबारे काठमाडौँमा विमर्श गरेका छन् । थकाली समुदायको लागि काम गर्दै आएको थासाङ जागरण मञ्चले पहिलोपल्ट थकाली जनजातिको विविध सांस्कृतिक पक्ष तथा विशिष्ट अधिकार विषयक जागरण सभा आयोजना गरेको हो ।

मन्चका अध्यक्ष वसन्त शेरचनको अध्यक्षतामा सोमबार आयोजित समारोहमा थकाली समुदायका विशिष्टता झल्काउने विभिन्न प्रस्तुति देखाइएको थियो ।

मन्चकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ति तुलाचनको प्रमुख आतिथ्यमा आयोजित समारोहमा साहित्यकार दामोदर पुडासैनी र नेपालका आदिवासीहरुको मानवअधिकार सम्बन्धि वकिल समूहका अध्यक्ष अधिवक्ता दिनेश कुमार घलेले आफ्नो विचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?