+

जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता हुँदै

२०८२ पुष  २९ गते २०:१८ २०८२ पुष २९ गते २०:१८
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोगमा श्री पिङ्ला तेक्वान्दो डोजाङले शनिबार वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ।
  • प्रतियोगिता जयबागेश्वरीस्थित गोल्डेन दरबार ब्याङ्क्‍वेटमा १३ वटा स्पर्धासहित करिब २१० खेलाडीको सहभागितामा हुनेछ।
  • प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

२९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोगमा श्री पिङ्ला तेक्वान्दो डोजाङले वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता शनिबार आयोजना गर्ने भएको छ। प्रतियोगिता जयबागेश्वरीस्थित गोल्डेन दरबार ब्याङ्क्‍वेटमा हुनेछ।

प्रतियोगितामा १३ वटा स्पर्धा समावेश छन् भने करिब २१० जना खेलाडीको सहभागिता रहनेछ। वडा नं. ८ का अध्यक्ष आशामान संगतले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन्।

जुनियर र सिनियर पुरुष तथा महिला खेलाडीबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियमअनुसार सञ्चालन गरिनेछ।

हरेक स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको अनुमानित बजेट ५ लाख ८७ हजार रुपैयाँ रहेको छ।

वडा अध्यक्ष तेक्वान्दो प्रतियोगिता

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय