News Summary
Generated by OK AI. Editorially reviewed.- जोई साल्दानाले 'अवतार : फायर एन्ड एश' को सफलताका कारण सबैभन्दा बढी कमाइ गर्ने हलिउड अभिनेत्री बनेकी छन्।
- उनले बक्सअफिसमा १६.८ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै स्कारलेट जोहानसनलाई पछि पारेकी छन्।
- साल्दानाले सन् २००९ को 'अवतार' र सन् २०२२ को 'अवतार : द वे अफ वाटर' मा नेयतिरीको भूमिका निर्वाह गरेकी थिइन्।
काठमाडौं । जोई साल्दाना सबैभन्दा बढी कमाइ गर्ने हलिउड अभिनेत्री बनेकी छन् । जेम्स क्यामरुनको फिल्म ‘अवतार : फायर एन्ड एश’ को सफलताका कारण उनले यो उपलब्धि हासिल गरेकी हुन् ।
यससँगै उनले स्कारलेट जोहानसनलाई पछि पार्दै नयाँ कीर्तिमान कायम गरेकी छन् ।
साल्दानाले क्यामरुनको ‘अवतार’ युनिभर्समा प्रमुख भूमिकामध्ये एक निर्वाह गरेकी छन् । हालै प्रदर्शनमा आएको ‘अवतार ३’ को सफलतासँगै उनले बक्सअफिसमा यो कीर्तिमान हासिल गरेकी हुन् ।
उक्त फिल्मले विश्वभर १.२३ अर्ब अमेरिकी डलर कमाइ गरेको छ ।

साल्दानाले सन् २००९ मा रिलिज भएको ‘अवतार’ मा नेयतिरीको भूमिका निर्वाह गरेकी थिइन्, जुन हालसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो । त्यसपछि उनले सन् २०२२ मा ‘अवतार : द वे अफ वाटर’ मा पनि यही भूमिका पुनः निर्वाह गरेकी थिइन् ।
स्क्रिन र्यान्टका अनुसार, आफ्नो पछिल्लो ब्लकबस्टर फिल्मको सफलतासँगै साल्दानाले बक्सअफिसमा १६.८ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै मार्वल सिनेम्याटिक युनिभर्सकी सह-अभिनेत्री स्कारलेट जोहानसनलाई उछिनेकी हुन् ।
यसअघि ‘जुरासिक वर्ल्ड : रिबर्थ’ को प्रदर्शनपछि स्कारलेट जोहानसन १६.४ अर्ब अमेरिकी डलर कमाइका साथ पहिलो स्थानमा पुगेकी थिइन् । शीर्ष पाँचमा पर्ने अन्य कलाकारमा जोई र स्कारलेटका मार्वल सिनेम्याटिक युनिभर्सका सह-अभिनेताहरू सामुएल एल. ज्याक्सन, रोबर्ट डाउनी जुनियर र क्रिस प्राट रहेका छन् ।
प्रतिक्रिया 4