News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ।
- प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने उल्लेख छ।
- कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिने र चुनावी गठबन्धन नगर्ने लगायतका बुँदाहरू प्रस्तावमा समावेश छन्।
३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ । प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेलगायत छन् ।
पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसेका थिए । मंगलबार नेताहरूले तीन चरणमा छलफल गरेका थिए । आज बिहानमात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । उक्त छलफलले पनि निकास निकाल्न सकेन ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक आह्वान गरेका छन् । नेताहरू पार्टी कार्यालयमा भेला हुन थालेका छन् ।
यस्ता छन् बुँदाहरू
१) विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
२) परिमार्जनसहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने
३) सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६) कुनै पनि दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने
७) नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने
८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने । जसमा – कार्यवाहक सभापति र दुई महामन्त्रीबाहेक थप दुई नेताहरू रहने ।
प्रतिक्रिया 4