+
+
Shares

मोटरसाइकल चोरी गर्ने गिरोह ललितपुरमा समातियो

मोटरसाइकल चोरी गर्दै वर्कशपमा लगेर त्यसका पार्टपूर्जा सस्तोदरमा बेच्ने गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बुङमतिको संयुक्त टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार सदस्यलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरुमा बर्दियाका सन्तोष चौधरी, भारत मोतिहारीका काजिम शेख र नाजिम शेख, रौतहटका सञ्जय रावत छन्।
  • गिरोहले चोरी गरेका मोटरसाइकलका पार्टपूर्जा सस्तोदरमा बेच्ने गरेको पाइएपछि ७ लाख ५० हजार बराबरका पार्टसहरु बरामद गरिएको छ।

३० पुस, काठमाडौं । मोटरसाइकल चोरी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग बुङमतिको संयुक्त टोलीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का २२ वर्षीय सन्तोष चौधरी, भारतको बिहार मोतिहारी घर भइ कीर्तिपुर चोभारमा वर्कशप चलाउने २३ वर्षीय काजिम शेख, रौतहटको गरुडा नगरपालिका–६ शिवनगरका १८ वर्षीय सञ्जय रावत र भारत मोतिहारी घर भइ चोभारका २४ वर्षीय नाजिम शेख छन् ।

मोटरसाइकल चोरी गर्दै वर्कशपमा लगेर त्यसका पार्टपूर्जा सस्तोदरमा बेच्ने गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो समूहबाट प्रहरीले विभिन्न मोटरसाइलका ७ लाख ५० हजार बराबरका पार्टसहरु बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?