+
+
Shares

देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस महामन्त्री गगनकुमार थापाले देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन्।
  • थापाले विशेष महाधिवेशनमा अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए।
  • उनले विशेष महाधिवेशनमा भेला भएकाहरूलाई बीपी र गणेशमानका सच्चा अनुयायी र सन्तान भएको उल्लेख गरे।

३० पुस, काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् ।

आफूमाथि कारबाही भएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए ।

‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । अब नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने क्रममा छौं,’ उनले भने, ‘सिंगो देशले यो सुनिरहेको छ । नागरिकले सुनिरहेका छन् । देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन् । यो हो नेपाली कांग्रेस ।’

उनले विशेष महाधिवेशनमा भेला भएकाहरू नै बीपी र गणेशमानका सच्च अनुयायी र सन्तान भएको बताए ।

‘नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइराला, श्रद्धेय गणेशमानको परिवारका सदस्यहरू यहाँ हुनुहुन्न । तर, त्यो भन्दा ठूलो परिवारको सदस्य हौं हामी । हामी हौं गणेशमानका सन्तान, हामी हौं बीपीका सन्तान । किनकी, जसले बीपी र गणेशमानका विचार बोके उनीहरू नै तिनका सन्तान हुन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?