३० पुस, काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षले सानेपास्थित केन्द्रीय कार्यालय आफूहरूकै हुने दाबी गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता मीनबहादुर विश्वकर्माले आधिकारिक रुपमा अहिले केन्द्रीय कार्यसमिति देउवा पक्षतिरै रहने र कार्यालय पनि त्यहीं रहने बताए ।
‘यो पार्टी कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय हो । यहाँ नेपाली कांग्रेसको कार्यालय छ । यहाँ केन्द्रीय समिति छ,’ उनले भने, ‘आधिकारिकताका रुपमा अहिले नेपाली सम्पूर्ण ढंगबाट केन्द्रीय कार्यसमिति यही नै हो । यो विवादको विषय होइन । छलफलको विषय होइन ।’
उता, भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । विशेष महाधिवेशनमा बोल्ने नेताहरूले पार्टी कार्यालय र झण्डा आफ्नो हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4