News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको मित्रपार्कस्थित टेक्सस इन्टरनेसनल कलेजले पुस २७ देखि ३० गतेसम्म ‘एनुअल ईसीए’ सम्मेलन सम्पन्न गरेको छ।
- कार्यक्रममा कविता, खेलकुद, नृत्य लगायत विविध विधामा कक्षा ११ देखि स्नातकोत्तर तहका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
- ‘टेक्सास आइडल’ प्रतियोगितामा हबिश भट्टराई विजेता घोषित भएका छन् र ‘डान्सिङ स्टार’ तर्फ ओशिन लामा, अनुषा भुजेल र जीना विजयी भएका छन्।
३० पुस, काठमाडौं । काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सस इन्टरनेसनल कलेजले विद्यार्थीहरूको क्षमता विकासलाई केन्द्रमा राख्दै ‘एनुअल ईसीए’ सम्मेलन सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा पुस २७ गतेदेखि ३० गतेसम्म विभिन्न खेलकुद, साहित्यिक तथा सृजनात्मक प्रतियोगिता सञ्चालन गरिएको थियो। समापन कार्यक्रमको अध्यक्षता टेक्सस इन्टरनेसनल एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष भेषराज पोखरेलले गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश परीक्षा प्रमुख जयन्ती सत्याल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् भने प्रो. डा. गोविन्द प्रसाद आचार्य विशिष्ट शैक्षिक व्यक्तित्वका रूपमा सहभागी थिए ।
कार्यक्रममा कविता, वक्तृत्वकला, निबन्ध, क्विज, चेस, टेबल टेनिस, ब्याडमिन्टन, क्रिकेट, बास्केटबल, फुटसल, ईगेम्स, फोटोग्राफी, स्केच तथा नृत्य जस्ता विविध विधामा प्रतियोगिताहरू आयोजना गरिएका थिए।
उक्त कार्यक्रममा कक्षा ११ र १२, स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको ‘टेक्सास आइडल’ प्रतियोगितामा हबिश भट्टराई विजेता घोषित भए ।
‘डान्सिङ स्टार’ तर्फ एकल प्रस्तुतिमा ओशिन लामा र समूहगत प्रस्तुतिमा अनुषा भुजेल तथा जीना विजयी भए ।
समापन कार्यक्रममा टेक्सस इन्टरनेसनल कलेजका प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठ, सह प्रिन्सिपल युवराज बस्नेत, विभिन्न विभागीय प्रमुख, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4