News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा ३१ उद्योग तथा व्यावसायिक फर्ममाथि अनुगमन गरी कारबाही र निर्देशन जारी गरेको छ।
- मंगलबार १४ फर्म अनुगमन गर्दा दुई फर्मलाई १० हजार र १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
- बुधबार १७ बेकरी, क्याफे र खाद्य उद्योग अनुगमन गरी एक फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन र अन्यलाई सामान्य निर्देशन दिइएको छ।
३० पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो दुई दिनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेका अनुगमन क्रममा ३१ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही र निर्देशन जारी गरेको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम विभागको अनुगमन टोलीले खाद्य वस्तु, निर्माण सामग्री तथा बेकरी उद्योगहरूको निरीक्षण गरेको हो ।
मंगलबार गरिएको अनुगमन क्रममा विभागले १४ फर्म निरीक्षण गरेको थियो । जसमध्ये उपभोक्ता हित विपरीत कार्य गर्ने दुई फर्मलाई नगद जरिबाना गरिएको छ ।
काठमाडौं महानगरपालिका–२६ मा रहेको विएस धवलागिरी ट्रेडर्सलाई १० हजार रुपैयाँ र काठमाडौं–३ बसुन्धरास्थित सिन्धु मेटरियल्स प्रालिलाई १५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।
सोही दिन बर्जर जोन्सन एन्ड निकोल्सन नेपाल प्रालि, शितल रंग धुकु, डीबी सप्लायर्स, मनकामना इन्टरप्राइजेज लगायत १२ फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
त्यस्तै बुधबार विभागले १७ बेकरी, क्याफे र खाद्य उद्योगको अनुगमन गरेको छ । अनुगमन क्रममा लाजिम्पाटस्थित आरसोरा बेकरी एन्ड कन्फेक्सनरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
बुधबारकै अनुगमनमा नाङ्लो बेकरिज, संगम फुड प्रडक्ट, पेरोज पिज्जा, हिमालयन कफी हाउस, हर्मन लाइभ बेकरी एन्ड रेस्ट्रो लगायत १६ फर्मलाई बजार सुधारका लागि सामान्य निर्देशन दिइएको छ ।
प्रतिक्रिया 4