३० पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।
संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितलाई कारबाही गरेपछि विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा लागेको छ ।
भृकुटीमण्डपमा केहीबेरमा नयाँ नेतृत्व घोषणा गर्ने तयारी छ ।
नेताहरूका अनुसार, सहमतिमा नै केन्द्रीय कार्यसमिति घोषणा गर्नेगरी तयारी अघि बढेको छ ।
अहिले कमलपोखरीस्थित एक होटलमा नेताहरू आन्तरिक छलफलमा छन् । एक नेताले दिएको जानकारी अनुसार, सोही छलफलमा महामन्त्री गगन कुमार थापा पनि पुगेका छन् ।
उक्त छलफलमा प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे, डिल्लिराम सुवेदी लगायत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4