+
+
Shares

सामाजिक सञ्जालको पासवर्ड कति समयपछि परिवर्तन गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते २१:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साइबर सुरक्षा विज्ञहरूले लामो, जटिल र फरक पासवर्डलाई बारम्बार परिवर्तन नगर्न सुझाव दिएका छन्।
  • पासवर्ड म्यानेजर, दुई तह प्रमाणीकरण र बायोमेट्रिक प्रमाणीकरण प्रयोग गर्न साइबर सुरक्षा उपायहरू सुझाइएको छ।

सामाजिक सञ्जालका अकाउन्टहरूको पासवर्डका सम्बन्धमा वर्षौंदेखि एउटा सल्लाह व्यापक बन्यो– पासवर्ड हरेक केही महिनामा परिवर्तन गर्नुपर्छ । तर यो सल्लाह साँच्चै उपयोगी छ त ? नयाँ साइबरसुरक्षा अध्ययनहरूले बारम्बार पासवर्ड परिवर्तन गर्नु सधैं सुरक्षित उपाय नहुने बरू कतिपय अवस्थामा यस्तो प्रवृत्तिले अझ जोखिम बढाउने देखाएका छन् ।

हेर्दा, सोच्दा यो सामान्य विषय लागे पनि कतिपयका लागि गम्भीर विषय हुन सक्छ । किनकि आफ्नो पासवर्ड बारम्बार परिवर्तनदेखि हतपत्त नगर्नेसम्मका प्रयोगकर्ताहरू भेटिन्छन् । आजको तुलनामा पहिले अवश्य पनि साइबर सुरक्षा अब्बल थिएन । पासवर्ड लिक हुने खालका गतिविधिहरू भइरहन्थे ।

त्यस्तो परिस्थितिमा साइबर सुरक्षा विज्ञहरूले १/२ महिनामा पासवर्ड परिवर्तन गर्न सुझाव दिन्थे । धेरैले यसलाई अनुशासनका रूपमा अपनाएका पनि थिए । तर व्यवहारमा मानिसहरूलाई बारम्बार पासवर्ड परिवर्तन गर्न बाध्य पार्दा उनीहरूले सजिलो तर असुरक्षित तरिका अपनाउने गर्छन् । अर्थात्, बारम्बार पासवर्ड परिवर्तन गर्दा सम्झन पनि अप्ठ्यारो हुन्छ । त्यसले गर्दा मान्छेलेहरूले पहिल्यै पासवर्डको अन्त्यमा अङ्कहरू ‘१’, ‘२’, ‘३’ थप्ने गर्थे ।

तर, अहिले त्यस्तो बानी साइबर सुरक्षाका दृष्टिले झनै खतरा भएको बताइएको छ । सोही कारण अमेरिकाको नेशनल इन्स्टिच्युट अफ स्ट्यान्डर्स एन्ड टेक्नोलोजी (एनआईएसटी)ले नियमित रूपमा पासवर्ड परिवर्तन गर्ने पुरानो सल्लाह फिर्ता लिएको छ ।

सुरक्षित पासवर्डलाई बारम्बार किन परिवर्तन गर्नु पर्दैन ?

यदि तपाईंको पासवर्ड लामो, जटिल र अन्य कुनै साइटमा प्रयोग भएको छैन तिनलाई बारम्बार परिवर्तन नगर्दा नै सुरक्षित हुने विज्ञहहरूको सुझाव छ । तर, कतिपय कार्यालय वा संस्थामा बारम्बार पासवर्ड परिवर्तन गर्नुपर्ने नियम हुँदा कर्मचारीहरूले निश्चित ढाँचा अपनाउँछन्, जुन ह्याकरहरूलाई पहिले नै थाहा हुन्छ । यसले सुरक्षा कमजोर बनाउँछ ।

यसको सट्टा पासवर्ड म्यानेजर प्रयोग गर्नु उत्तम उपाय हो । यसले हरेक साइटका लागि फरकफरक, बलियो पासवर्ड स्वतः बनाइदिन्छ । र, सुरक्षित रूपमा राख्छ । प्रयोगकर्ताले उक्त पासवर्ड म्यानेजरको मात्र पासवर्ड परिवर्तन गरे पुग्छ ।

यी अवस्थामा मात्र पासवर्ड परिवर्तन गर्ने

तपाईंले अब बारम्बारभन्दा पनि निश्चित परिस्थितिमा बाहेक अन्य अवस्थामा पासवर्ड परिवर्तन नगर्दा पनि हुन्छ । तर, यस्ता अवस्थाहरू भएको खण्डमा चाहिँ तपाईंले तत्कालै पासवर्ड परिवर्तन गर्नुपर्छ । तपाईंको अकाउन्ट भएका प्लेटफर्महरू ह्याक भएको खबर आएमा तुरुन्तै पासवर्ड परिवर्तन गर्नुहोस् ।

अस्थायी रूपमा भए पनि तपाईंले आफ्नो पासवर्ड कसैलाई दिनुभएको छ भने आवश्यक काम सकेपश्चात पासवर्ड परिवर्तन गर्नुहोस् । सुरक्षित नभएको सार्वजनिक वाईफाईहरू प्रयोग गरेपछि, तिनमा बिना भीपीएन लगइन गर्नुभएको छ भने पासवर्ड बदल्नु राम्रो हुन्छ ।

तपाईंको आफ्नो डिभाइसमा मालवेयर भएको थाहा लागे तत्कालै पासवर्ड परिवर्तन गर्नुहोस् । एउटै पासवर्ड धेरै साइटमा प्रयोग गरिरहनुभएको छ भने ती सबै परिवर्तन गर्नुहोस् । र सबै खाताका लागि फरक-फरक पासवर्ड बनाउनुहोस् ।

पासवर्ड परिवर्तनभन्दा राम्रो उपायहरू

तर बारम्बार पासवर्ड बदल्नुको सट्टा अहिले नयाँ उपायहरू पनि छन् । ती अपनाउँदा तपाईं केही हदसम्म भए पनि सुरक्षित हुनसक्नुहुन्छ :

पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस् । यसो गर्दा एउटा मास्टर पासवर्ड सम्झिए पुग्छ । बाँकी सबै सुरक्षित हुन्छन् । दुई तहको प्रमाणीकरण (टूएफए) गर्नुहोस् । यसले तपाईंको पासवर्ड चुहिए पनि सुरक्षित बनाउँछ ।

बायोमेट्रिक प्रमाणीकरण प्रयोग गर्नुहोस् । अहिले प्राय: नयाँ मोडेलका डिभाइसहरूमा पासकी उपलब्ध छन् । त्यस्तोमा औंठाछाप वा फेस आईडी प्रयोग हुन्छन् । जुन पासवर्डभन्दा चोरी गर्न धेरै गाह्रो हुन्छ ।

तपाईंले प्रयोग गरिरहेका सफ्टवेयर र डिभाइस सधैं अपडेट गर्नुहोस् । यसो गर्दा पनि ह्याक हुने सम्भावना कम हुन्छ।

फिसिङ इमेल र लिन्कबाट सतर्क रहनुहोस् । बैंक वा डेलिभरी कम्पनी बनेर आउने नक्कली इमेलहरूमा क्लिक नगर्नुहोस्। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?