+
+
Shares

कांग्रेसको आधिकारिकता गगन नेतृत्वले पाएपछि महेश बस्नेत- वैदेशिक हस्तक्षेपको नाङ्गो नाच

नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वले पाउनुलाई विदेशी हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले दिनुलाई विदेशी हस्तक्षेप भएको टिप्पणी गरेका छन्।
  • बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमा वैदेशिक हस्तक्षेप देखिनुलाई लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार भनेका छन्।
  • उहाँले लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधरहरूलाई एक जुट भई वैकल्पिक आन्दोलनमा उत्रिन आग्रह गर्नुभएको छ।

२ माघ, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वले पाउनुलाई विदेशी हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले लोकतन्त्र र विधिको शासनमाथि नाङ्गो प्रहार भएको बताएका हुन् ।

‘नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो,’ उनले भने, ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो ।’

उनले अहिलेको परिस्थितिमा लोकतन्त्र र राष्ट्रियताका पक्षधरहरू एक जुट हुन पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?