News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको देउवा समूहले शनिबार बिहान ८ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
- पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठकको जानकारी दिएका छन्।
- पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
२ माघ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।
सूचनामा पार्टीका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
आजैमात्र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको छ । त्यसलगत्तै बैठक डाकिएको हो । यो समूहले आयोगको निर्णय मान्य नहुने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4