+
+
Shares

कपिलवस्तुका कांग्रेस नेता कनौडिया एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १७:२४

३ माघ, बुटवल । नेपाली कांग्रेस कपिलवस्तुका नेता वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशसभाका पूर्व सांसद कनौडियालाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको थियो ।

शनिबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै उनी एमाले प्रवेश गरेका हुन् । उनलाई एमालेले उम्मेदवार बनाउने गरी पार्टीमा भिर्त्याएको हो ।

एमाले नेता तथा प्रदेश सांसद गिरीधारीलाल न्यौपानेले उम्मेदवार बनाउने गरी नेता कानोडियालाई भिर्त्याएको बताए । कनौडिया एमाले प्रवेश गरेपछि कांग्रेसबाट अभिषेकप्रताप शाह उम्मेदवार बन्ने चर्चा छ ।

कनौडियाले कांग्रेसको किचलोमा फस्नु भन्दा एमालेमा प्रवेश उचित लागेको बताए । चिनी मिल सञ्चालक समेत रहेका कनौडियामाथि उखु किसानको पैसा नतिरेको आरोप लाग्दै आएको छ ।

कनौडिया २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?