+
+
WC Series
Nepal Women
122/10 (20)
VS
२८ बलमा १० रन आवश्यक
Thailand Women
113/1 (15.2)
Shares

रास्वपाबाट काठमाडौं-५ मा उम्मेदवार हुन आकांक्षी धेरै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १०:०३

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई काठमाडौंका ३ वटा क्षेत्रमा उम्मेदवार चयन कठिन भएको छ ।

काठमाडौं–५ का लागि आकांक्षीहरुको जोड हुँदा काठमाडौंका १, ३, ४ र ५ मा उम्मेदवार चयन हुन कठिन भएको रास्वपा स्रोतले जानकारी गराएको छ ।

काठमाडौं–५ मा असिम शाह, सस्मित पोखरेल, राजु पाण्डे, प्रणय शसमेर राणा लगायत आकांक्षी छन् ।

शाह यसअघि समानुपातिक सांसद थिए । पोखरेल काठमाडौंका मेयर बालेन शाहका सल्लाहकार भई काम गरेका थिए । पाण्डे महानगरको प्रहरी प्रमुखबाट राजीनामा दिएर चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

राणा यसअघि काठमाडौं–५ मा रास्वपाका उम्मेदवार भई पराजित भएका थिए । रास्वपाका एक नेताका अनुसार काठमाडौं–५ मा धेरै जनाको रोजाई हुँदा अन्य क्षेत्रको पनि टुंगो लाग्न नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?