News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाको संसदीय क्यालेन्डर अनुसार माघ महिनामा सात दिन बैठक बस्ने गरी तयारी भएको छ।
- पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने र सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
- माघ महिनाका बैठकहरूमा अध्यादेश पेश, विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस र विभिन्न आयोगका वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
४ माघ, काठमाडौं । एक महिनामा ७ दिन बैठक बस्ने गरी राष्ट्रिय सभाको संसदीय क्यालेन्डर तयार भएको छ ।
कार्यव्यवस्था परामर्श समितिले तयार पारेको क्यालेन्डर अनुसार आज पहिलो बैठक बस्नेछ । पहिलो बैठकका अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची छ ।
दोस्रो बैठक आगामी ९ गते बस्नेछ । जहाँ राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
त्यसदिन अध्यादेश पेश गर्ने कार्यसूची छ । यसबीचमा सरकारले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्याधेश र प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ ल्याएको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ सभामा पेस गर्ने र पर्यटन विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
तेस्रो बैठक माघ १३ गते बस्नेछ । जहाँ चलचित्र विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सोही दिनका लागि तय भएको छ ।
चौथो बैठक माघ १४ बस्नेछ । त्यसदिन अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथि दफाबार छलफलको लागि निर्णय पेस गर्ने, विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
पाचौं बैठक माघ १९ गते बस्नेछ । त्यसदिन सभामा राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को चौविसौं वार्षिक प्रतिवेदन हुनेछ । त्यसदिन विकास, आर्थिक मामिला तथा सुशासन समितिको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गर्ने कार्यसूची छ ।
छैठौं बैठक माघ २३ गते बस्नेछ । त्यसदिन मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्य पनि सोही दिन हुनेछ ।
सातौं बैठक माघ २८ गते बस्ने गरी क्यालेन्डर तयार भएको छ । त्यसदिन दुई वटा कार्यसूची सभामा पेस गर्ने तय भएको छ । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०८१÷८२ को वार्षिक प्रतिवेदन र विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने तय भएको छ ।

प्रतिक्रिया 4