News Summary
Generated by OK AI. Editorially reviewed.- नेता सुनिल शर्माले गगनकुमार थापा र शेखर कोइरालाबीच पार्टी एकताका लागि मिलेर अघि बढ्ने सहमति भइसकेको बताएका छन्।
- शर्माले शेखर कोइरालाले पार्टी बचाउन आफूले सर्वस्वहरण गरेको उल्लेख गर्दै पार्टी फुट्न नदिन आग्रह गरेका छन्।
- उनले कांग्रेसका सबै समूहले गगन थापा नेतृत्वमा एकताबद्ध भएर निर्वाचनमा विजयी हुनुपर्ने बताए।
४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति गगनकुमार थापा र नेता शेखर कोइरालाबीच मिलेर अघि बढ्ने सहमति भइसकेको बताएका छन् ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला समूहको भेलापछि पत्रकारहरूसँग कुरा गर्दै शर्माले दुई नेताबीच मिलेर अघि बढ्ने सहमति भइसकेको बताएका हुन् ।
‘शेखर दाहरू गगन थापासँग मिलेर जाने कुरा अलरेडी निर्णय भइसकेको कुरा हो । उहाँहरूलाई पार्टी फुटेको मन परेको होला, होइन । उहाँहरूको त पार्टी बनाउन कति वर्ष जेल बस्नुभएको छ, सर्वस्वहरण भएको छ,’ उनले भने, ‘आफ्नो सर्वस्वहरण गरेर बनाएको पार्टी आफू जलेर भए पनि शेखर कोइरालाले पार्टी बचाइदिनुहुन्छ । यसरी बुझ्नुपर्छ । पार्टी बचाउनुपर्छ । पार्टी बचाउन लागिरहनुभएको छ ।’
नेता शर्माले कांग्रेस सभापति थापा पनि पार्टीलाई एकताबद्ध बनाएर लैजाने लागिपरेको बताए । निर्वाचनमा विजयी हुनलाई पनि कांग्रेसका सबै समूह गगन थापा नेतृत्वमा एकताभएर अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।
प्रतिक्रिया 4