+
+
Shares

काठमाडौंका ६ क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार : ५ मा थापा, ६ मा भेटवाल

काठमाडौंको क्षेत्र नम्बर १, २, ७ र ९ मा छलफलकै क्रममा रहेको उक्त स्रोतले बतायो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १७:३७

४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंका ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

राप्रपा स्रोतका अनुसार, ४ वटा निर्वाचन क्षेत्रका उम्मेदवार भने टुंगो लाग्न बाँकी छ । क्षेत्र नम्बर १, २, ७ र ९ मा छलफलकै क्रममा रहेको उक्त स्रोतले बतायो ।

काठमाडौं क्षेत्र नम्बरमा ३ डा. सुन्दरसिंह बोहरा, क्षेत्र नम्बर ४ मा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, क्षेत्र नम्बर ५ मा कमल थापा, ६ मा पूर्वपत्रकार उद्धवराज भेटवाल, ८ नविन शाही र १० मा बलराम थापा उम्मेदवार बनेका छन् ।

त्यस्तै, राप्रपाले बैतडी भूपेन चन्दलाई उम्मेदवार बनाउने भएको छ । उनी पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।

त्यस्तै, दार्चुलामा राजेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ । उनी नेपाली सेनाका पूर्व महासेनानी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?