४ माघ, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार टुंगो लगाएको छ ।
शनिबारको सचिवालय बैठकले अधिकांश क्षेत्रको उम्मेदवारबारे निर्णय गरेको थियो । बाँकी रहेको क्षेत्रहरूमा पनि उम्मेदवार टुंगिएको प्रदेश इन्चार्ज शेरधन राईले बताए ।
पार्टी सचिव राईका अनुसार मोरङ–६ मा विनोद ढकाल र मोरङ–५ मा मनिष अग्रवालले टिकट पाएका छन् । मोरङ–३ बाट इरान राईले टिकट पाएका छन् ।
ताप्लेजुङको टिकट क्षितिज थेबेलाई नै दिइएको छ । सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले क्षितिजलाई नै उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । तर केही पदाधिकारीहरूले यो प्रस्तावमा असहमति राखेका थिए ।
पार्टीभित्र एकता कायम राख्न पनि उपमहासचिव योगेश भट्टराईलाई नै टिकट दिनुपर्ने उनीहरूको आग्रह थियो । तर थेबेलाई नै उम्मेदवार बनाउने निर्णय भइसकेको सचिव राईले बताए ।
राईका अनुसार सुनसरी–१ बाट टीकाराम बाङदेन, सुनसरी–२ मा रेवती भण्डारी, सुनसरी–३ मा भगवती चौधरी र सुनसरी–४ मा जगदीश कुशियतले टिकट पाएका छन् । सुनसरी–२ का निवर्तमान सांसद भीम आचार्यले भने यसपटक टिकट पाएनन् ।
झापा–४ का उम्मेदवार पनि फेरिएको छ । सचिवालय बैठकले मनोज ताम्लीलाई टिकट दिएकोमा निर्णय उल्ट्याउँदै एलपी सावाँलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
प्रतिक्रिया 4