+
+
Shares

सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको नयाँ रेकर्ड तोकेको छ।
  • चाँदीको भाउ पनि सोमबार १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ।

५ माघ, काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो । सो रेकर्ड आज सोमबार तोडिएको हो ।

चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यसअघि चाँदीको भाउ गत बुधबार ६ हजार ६५५ रुपैयाँको अधिकतम रेकर्ड बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?