१६ भदौ, संखुवासभा । संखुवासभाको मुढे शनिश्चरे वजारका ५८ वर्षका रत्नमान भनिने इन्द्र वहादुर जिमी मृत अवस्थामा फेला परेका छन् ।
१० दिनदेखि बेपत्ता उनी आइतबार मृत अवस्थामा फेला परेको परिवारले जनाएको छ ।
धनकुटाको मारेक कटहरे आफन्तकोमा पाहुना जान हिँडेको जिमीलाई स्थानीय गाउँलेहरुले खरवारीमा मृत अवस्थामा भेटेर आफूलाई खबर गरेको उनका जेठा छोरा अमर जिमीले बताए ।
लामो समयदेखि उनी बेपत्ता हुँदा परिवारका सदस्य शोकाकुल भएका थिए । मृतक जिमीका श्रीमति ४ छोरा र २ छोरी छन् ।