+

एसपीए लिटल फ्लावर प्राइड लिगको उपाधि राजपुर स्पोटर्स क्लबलाई

२०८२ माघ  ५ गते २०:०५ २०८२ माघ ५ गते २०:०५
एसपीए लिटल फ्लावर प्राइड लिगको उपाधि राजपुर स्पोटर्स क्लबलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढीमा सम्पन्न नवौं एसपीए लिटल फ्लावर प्राइड लिगको उपाधि राजपुर स्पोटर्स क्लबले ५ विकेटले जितेको छ।
  • फाइनलमा सुदूरपश्चिम ब्वाइज होस्टेलले दिएको ९२ रनको लक्ष्य राजपुरले १२ ओभरमा पूरा गरेको थियो।
  • नारायण जोशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् भने तीन जनालाई एलपीएल विशेष सम्मान प्रदान गरिएको छ।

५ माघ, काठमाडौं । धनगढीमा सम्पन्न नवौं एसपीए लिटल फ्लावर प्राइड लिगको उपाधि राजपुर स्पोटर्स क्लबले जितेको छ । फाइनलमा सुदूरपश्चिम ब्वाइज होस्टेललाई ५ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

फाप्ला मैदानमा सुदूरपश्चिम ब्वाइज होस्टेलले दिएको ९२ रनको झिनो लक्ष्य राजपुर स्पोटर्स क्लबले १२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । राजपुर स्पोटर्स क्लबका लागि नारायण जोशीले सर्वाधिक ३९ रनको पारी खेले । १८ बलको सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरे । नरेन भट्टले १९ रन बनाउँदा टेक रावत १४ रनमा अविजित रहे ।

सुदूरपश्चिम ब्वाइज होस्टेलका लागि नरेन साउँदले दुई तथा हिक्मत महरा,नागराज सिंह र सौर्य श्रेष्ठले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ब्वाइज होस्टेल १७.५ ओभरमा ९१ रनमै अलआउट भयो । उस्का लागि कृष्ण भट्टले २९ तथा दिपक रोकायाले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनिय पारी खेल्न सकेनन । राजपुर स्पोटर्स क्लबका लागि नारायण जोशी र नरेन भट्टले समान चार चार विकेट लिए ।

उपाधि जितेको राजपुर स्पोटर्स क्लबले नगद ६० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको सुदूरपश्चिम ब्वाइज होस्टेलले नगद ३० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल क्याम्पसका निर्देशक सुवास शाही,नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य बिक्रम बिष्ट,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण दत्त भट्ट,कोषाध्याक्ष दिनेश सिंह,सल्लाहकार धर्मराज जोशी,गुरुकुल एकेडेमी धनगढीका प्रबन्ध निर्देशक दिपक सुरी,पूर्व राष्ट्रिय खेलाडी ठक्कर बम,धनगढी नगर प्याब्सनका अध्यक्ष ध्रुब बहादुर सिंह लगायतले पुरस्कार प्रदान गरे ।

नारायण सर्वोत्कृष्ट खेलाडी घोषित

प्रतियोगितामा नारायण जोशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । फाइनल खेलमा म्यान अफ दि म्याच भएका नारायणले उत्कृष्ट ब्याटरको अर्वाड पनि जिते । उनले प्रतियोगीता अवधिभर १७२ रन बनाएका थिए ।

नारायण लिटल फ्लावर प्राइड लिगको पहिलो संस्करणमा पनि सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यस्तै सुदूरपश्चिम ब्वाइज होस्टेलका निरज ऐर उत्कृष्ट बलर घोषित भएका छन । उनले प्रतियोगिता अवधिभर ९ विकेट लिएका थिए । प्रतियोगीताको उदयमान खेलाडि निस्ट फाण्डेसनका अविनास बोहरा चुनिए ।

३ जनालाई एलपीएल विशेष सम्मान

नवौं एसपीए लिटल फ्लावर प्राइड लिगमा ३ जनालाई एलपीएल विशेष सम्मान प्रदान गरिएको छ । क्रिकेट विकास र विस्तारमा योगदान पुगाएको भन्दै प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, पिच क्युरेटर किसन महत र खेल पत्रकार डिल्लीराज ओझा समर्पणलाई आयोजकले सम्मान गरेको हो ।

उनीहरू तीनै जनालाई समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल क्याम्पसका निर्देशक सुवास शाहीले दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

१०औं एसपीए लिटिल फ्लावर प्राइड लिग अझै भव्य हुने

धनगढीको फाप्लामा नवौं संस्करणको एसपिए लिटिल फ्लावर प्राइड लिग सकिएसँगै दशौं संस्करण अझै भव्य गर्ने आयोजक संस्था लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्टसका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन ।

शाहीले सबैको साथ सहयोग र हौसलाले प्रतियोगीतालाई यहाँसम्म ल्याइपुर्याएको भन्दै दशौं संस्करण अझै भव्य तरिकाले मनाउने बताएका हुन । समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल क्याम्पसका निर्देशक सुवास शाहीले एसपीए कलेज र आफू संधै यस क्षेत्रको विकासका लागि कटिबद्ध रहेको भन्दै दशौं संस्करणको लिटिल फ्लावर प्राइड लिगमा पनि एसपिए कलेजको साथ रहने बताए ।

शाहीले सुदूरपश्चिमको ग्रासरुट क्रिकेट अगाडी बढाउन ठूलो भूमिका खेलेको भन्दै आगामी दिनमा पनि सबैलाई साथ दिन आग्रह गरेका छन ।

एसपीए लिटल फ्लावर प्राइड लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय