+
+
Shares

खोटाङमा मनोनयन दर्ता गर्न दललाई समय र रुट निर्धारण

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्ने समय र रुट निर्धारण गरेको छ।
  • हरेक दललाई छुट्टाछुटै समय र रुट तोकिएको छ, जसअनुसार मंगोल नेसनल अर्गानाइजेसन बिहान ११ बजे र राप्रपा बेलुका ५ बजे मनोनयन दर्ता गर्नेछन्।
  • मनोनयन दर्ताका लागि सबै दललाई माघ ५ गते नै मनोनयनपत्र प्रदान गरिसकिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले बताए।

५ माघ, खोटाङ । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिभिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने समय र रुट निर्धारण गरेको छ ।

मनोनयन दर्तालाई सरल, सहज र व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलसँगको छलफलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयले हरेक दलका लागि मनोनयन दर्ता गर्ने समय र रुट निर्धारण गरेको हो ।

मनोनयन दर्तालाई व्यवस्थित बनाउन सबै दललाई छुट्टाछुट्टै समय र रुट निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले बताए ।

आगामी फागुन २१ गतेको निर्वाचनका लागि जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

मंगोल नेसनल अर्गानाइजेसनका लागि बिहान ११ बजे, श्रम संस्कृति पार्टीको लागि १२ बजे, नेकपा एमालेका लागि दिउँसो १ बजे, नेपाली कम्युनिष्ट पार्टीको लागि १.३० बजे, नेकपा माओवादीको लागि २ बजे, रास्वपाको लागि २.३० बजे, राष्ट्रिय परिवर्तन पार्टीका लागि ३ बजे, कांग्रेसको लागि ३.३० बजे, जसपा नेपालको लागि ४ बजे, जसपाको लागि ४.३० बजे र राप्रपाको लागि बेलुका ५ बजे मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

हरेक दलका लागि टिम लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने रुटसमेत तोकिएको छ ।

मनोनयन दर्ताका लागि सबै दललाई माघ ५ गते नै मनोनयनपत्र प्रदान गरिसकिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?