+
+
Shares

सिन्धुली–१ मा कांग्रेसले दियो उज्ज्वल बराललाई टिकट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ बाट उज्ज्वल बराललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • संसदीय बोर्डले बरालको नाम स्वीकृत गर्दै टिकट दिने निर्णय गरेको हो।
  • कांग्रेस मुख्यसचेतक श्याम घिमिरेले टिकट पाउन सकेनन् भने बरालले टिकट पाएको पुष्टि गरे।

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ बाट उज्ज्वल बराललाई उम्मेदवार बनाउने भएको छ ।

नेपाली कांग्रेसको आज बसेको संसदीय बोर्ड बैठकले उज्ज्वल बरालको नाम स्वीकृत गर्दै टिकट दिने निर्णय गरेको हो ।

यसअघि दुईपटक निर्वाचनमा पराजित भएका बरालसँगै यो क्षेत्रमा विघटित प्रतिनिधिसभाका सदस्य तथा कांग्रेस मुख्यसचेतक श्याम घिमिरे पनि टिकटका आकांक्षी थिए ।

शेरबहादुर देउवानिकट घिमिरेले भने यसपटक टिकट पाउन सकेनन् । ‘मैले टिकट पाएको छु । अब भोलि मनोनयन दर्ता गर्छौं,’ बरालले अनलाइनखबरसग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?