+
+
Shares

राप्रपाका शीर्ष नेताहरू, को-कहाँ लड्दैछन् ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २२:४५

५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार १६० जनाको नाम टुंगो लागिसकेको छ । ‘भोलि बिहानसम्म बाँकी क्षेत्रको उम्मेदवार पनि टुंगो लाग्छ,’ श्रेष्ठले भने ।

शीर्ष नेताहरुको भने निर्वाचन क्षेत्र टुंगो लागिसकेको छ । केही नेता बाहेक धेरैजसो नेताहरुलाई पहिले लड्दै आएको क्षेत्रमै टिकट दिइएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाटै चुनाव लड्दैछन् । मनोनयन दर्ता गराउन उनी झापा पुगिसकेका छन् । वरिष्ठ नेता कमल थापा काठमाडौं–५ बाट चुनाव लड्ने भएका छन् । यसअघि उनी मकवानपुरबाट लड्दै आएका थिए ।

उपाध्यक्षहरु बुद्धिमान तामाङ धादिङ–२, विक्रम पाण्डे चितवन–३, ध्रुबबहादुर प्रधान नवलपरासी–२, हेमजंग गुरूङ कास्की–२ बाट चुनाव लड्ने भएका छन् ।

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं–१ बाटै उम्मेदवार बन्ने भएका छन् । यसअघिका दुईवटा चुनावमा मिश्र झिनो मतान्तरले पराजित हुँदै आएका छन् ।

महामन्त्री कुन्ती शाहीले दैलेख–१ बाट चुनाव लड्दैछन् । धवलशमशेर राणाले भने यसपटक चुनाव नलड्ने प्रवक्ता श्रेष्ठले बताए ।

निवर्तमान सांसदहरु दीपकबहादुर सिंह मकवानपुर–१, ज्ञानेन्द्र शाही जुम्ला, बिना जैलवाल पर्सा–२ र अनिता नेपालीले सल्यानमा उम्मेदवारी दिँदैछन् । दीपक बोहोराका छोराहरु गौरव र प्रज्वलले रुपन्देहीबाट उम्मेदवारी दिँदैछन् । प्रज्वलले रुपन्देही–१ र गौरवले रुपन्देही–३ मा उम्मेदवारी दिनेछन् ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्दले बैतडीबाट उम्मेदवारी दर्ता गराउँदैछन् । सेनाका पूर्वकर्णेल राजेन्द्र चन्दले दार्चुला र अर्का पूर्व कर्णले रघुबरराज थापाले ललितपुर–२ बाट उम्मेदवारी दिँदैछन् ।

धार्मिक अभियान्ता अभिषेक जोशीले तनहुँ–१ र इ. गोपीकृष्ण चौलागाईँ सिन्धुपाल्चोक–२ बाट चुनाव लड्ने भएका छन् ।

कुन्तीदेवी पोखरेल काठमाडौं–२, रविकिरण हमाल सुर्खेत–१, नवनितकुमार मिश्र नवलपरासी–१, सजिना कार्की ललितपुर–१, रञ्जित श्रेष्ठ काभ्रे–२, कार्बिका थापा रुपन्देही–२ र उद्ववराज भेटवालले काठमाडौं–६ बाट उम्मेदवारी दिनेछन् ।

इलाम–१ बाट ज्वाला नेपाल, झापा–१ बाट प्राडा हेमराज कार्की, झापा–२ बाट स्वागत नेपाल, झापा–४ बाट भक्ति सिटौला र झापा–५ बाट लक्ष्मीप्रसाद संग्रौलाले उम्मेदवारी दिने प्रवक्ता श्रेष्ठले बताए । यस्तै मनोज मल्ल ठकुरीले धुनषा–१ र प्रवीणकुमार ठोकर तामाङले दैलेख–२ बाट उम्मेदवारी दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?