News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले महोत्तरीको क्षेत्र नम्बर १, २ र ३ का लागि उम्मेदवार टुंग्याएको छ।
- कांग्रेसले क्षेत्र नं १ मा डा. मुकेशराज काफ्ले, नं २ मा किरण यादव र नं ३ मा बजरङ्ग नेपालीलाई टिकट दिएको छ।
- महोत्तरी क्षेत्र नं ४ मा उम्मेदवार टुंग्याउने प्रक्रिया बाँकी रहेको कांग्रेसका सभापति नागेश्वर यादवले जानकारी दिनुभयो।
५ माघ, महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले महोत्तरीको चारवटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा उम्मेदवार टुंग्याएको छ ।
सोमबार बसेको संसदीय बोर्डको बैठकले महोत्तरीको क्षेत्र नम्बर १, २ र ३ का लागि उम्मेदवार तय गरेको हो । ४ नम्बर निर्वाचन क्षेत्रमा उम्मेदवार तय हुन बाँकी रहेको महोत्तरी कांग्रेसका सभापति नागेश्वर यादवले जानकारी दिए ।
कांग्रेसले महोत्तरी क्षेत्र नम्बर १ का लागि डा. मुकेशराज काफ्लेलाई टिकट दिएको छ । क्षेत्र नम्बर २ मा किरण यादव र क्षेत्र नम्बर ३ मा बजरङ्ग नेपालीले टिकट पाएका छन् ।
‘१, २ र ३ नम्बर क्षेत्रमा मनोनयन दर्ताका लागि उम्मेदवारहरूले टिकट पाइसक्नुभएको छ । क्षेत्र नं ४ मा आधिकारिक रूपमा जानकारी प्राप्त भइसकेको छैन,’ सभापति यादवले भने ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले क्षेत्र नं ४ मा मात्रै उम्मेदवार उठाएको थियो । उक्त क्षेत्रमा तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका महेन्द्रकुमार राय उम्मेदवार बनेका थिए ।
उनी जनता समाजवादी पार्टी नेपालका डा. सुरेन्द्रकुमार यादवलाई ४ हजार ११७ मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।
कांग्रेसले क्षेत्र नं १ मा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेल, क्षेत्र नं २ मा लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी र क्षेत्र नं ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका महन्त ठाकुरलाई सघाएको थियो ।
यसपटक कांग्रेसले चारवटै निवार्चन क्षेत्रमा उम्मेदवारी दिने पार्टीका जिल्ला सभापति यादवले बताए ।
प्रतिक्रिया 4