News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
- बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
- उनले संविधानमाथि भएको हमलाबाट जोगाउँदै सार्वजनिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने बताए।
६ माघ, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका गराएका छन् ।
नेता–कार्यकर्तासहित मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले उम्मेदवारीको मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्ने क्रममा बस्नेतले निर्वाचन हुने दिशामा मुलुक अघि बढ्नु सकारात्मक भएको प्रतिक्रिया दिए ।
उनले संविधानमाथि भएको हमलाबाट जोगाउँदै जेनजी आन्दोलनमा क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा जुट्नुपर्ने पनि बताए ।
आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त हुने भन्दै सचिव बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4