News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका १४ जना निवर्तमान सांसद प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बनेका छन्।
- रास्वपाका पाँच जना निवर्तमान सांसदले टिकट पाएका छैनन् भने दुई जना सांसदले पार्टी छोडेका छन्।
- रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट र उपसभापति डोलप्रसाद अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवार छन्।
६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १४ जना निवर्तमान सांसद प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।
विघटित प्रतिनिधिसभामा रास्वपाका २१ जना सांसद थिए । त्यसमध्ये १४ जना उम्मेदवार बनेका हुन् । पाँच जनाले टिकट पाएनन् । बाँकी दुई जना निवर्तमान सांसदले यसबीचमा रास्वपा नै छोडेर बसेका छन् ।
रास्वपा सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । उपसभापति डोलप्रसाद अर्याल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ र अर्का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् ।
विघटित प्रतिनिधिसभामा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट उम्मेदवार छन् । रास्वपाका प्रवक्ता मनिष झा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् ।
रास्वपाका निवर्तमान सांसद गणेश पराजुली काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट उम्मेदवार छन् । अर्की निवर्तमान सांसद सोविता गौतम चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी छन् ।
विघटित प्रतिनिधिसभामा सचेतक रहेकी निशा डाँगी झापा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेकी छन् । निवर्तमान सांसद डा. तोसिमा कार्की ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार छिन् ।
निवर्तमान सांसद शिशिर खनाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा उम्मेदवार छन् । अर्का निवर्तमान सांसद् अशोककुमार चौधरीे सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् ।
विघटित प्रतिनिधिसभामा उपसभामुख रहेकी इन्दिरा राना झापा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छिन् ।
निर्वतमान सांसद विनिता कठायत जुम्ला र हरि ढकाल चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका छन् ।
रास्वपाका तर्फबाट विघटित प्रतिनिधिसभामा रहेका पाँच जना सांसदले भने टिकट पाएनन् । जसमा निवर्तमान सांसदहरू विन्दबासिनी कंशाकार, डा. चन्दा कार्की (भण्डारी), असिम शाह, लक्ष्मी तिवारीे र शिव नेपाली रहेका छन् ।
यसबीचमा रास्वपाका दुई जना निवर्तमान सांसदले भने पार्टी नै छाडेका छन् । ती हुन्– सुमना श्रेष्ठ र सन्तोष परियार ।
श्रेष्ठ अन्य कुनै दलमा जोडिएकी छैनन् । परियार भने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा छन् । उनी प्रलोपाको पाँच सदस्यीय अध्यक्ष परिषद्को एक सदस्य हुन् । उनी समानुपातिक सूचीमा बसेका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभाका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयनको समय मंगलबार भइरहेको छ ।
रास्वपाका निवर्तमान सांसदहरू जो बने उम्मेदवार
रवि लामिछाने – चितवन निर्वाचन क्षेत्र नम्बर २ ।
डोलप्रसाद अर्याल – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ ।
डा. स्वर्णिम वाग्ले – तनहुँ निर्वाचन क्षेत्र नम्बर १ ।
विराजभक्त श्रेष्ठ – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ ।
मनिष झा – धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ।
गणेश पराजुली – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ ।
सोबिता गौतम – चितवन निर्वाचन क्षेत्र नम्बर ३ ।
निशा डाँगी – झापा निर्वाचन क्षेत्र नम्बर १ ।
डा. तोसिमा कार्की– ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ ।
शिशिर खनाल – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ ।
अशोककुमार चौधरीे – सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ ।
विनिता कठायत – जुम्ला ।
इन्दिरा राना – झापा निर्वाचन क्षेत्र नम्बर २ ।
हरि ढकाल – चितवन निर्वाचन क्षेत्र नम्बर १ ।
रास्वपाका निवर्तमान सांसदहरू जसले पाएनन् टिकट
विन्दबासिनी कंशाकार
डा. चन्दा कार्की (भण्डारी)
असिम शाह
लक्ष्मी तिवारीे
शिव नेपाली
रास्वपाका निवर्तमान सांसद, जसले पार्टी छाडे
सुमना श्रेष्ठ
सन्तोष परियार
प्रतिक्रिया 4