६ माघ, काठमाडौं । चुनावको समयमा हुन सक्ने गलत सूचना रोक्न र सामाजिक सञ्जालको नियमन गर्न प्रतयेक जिल्ला प्रहरी कार्यालय (जिप्रका) मा साइबर डेस्क स्थापना गरिएको छ ।
गृहमन्त्रालयले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।
गृह मन्त्रालयका अधिकारीले भने, ‘साइबरको तालिम लिएको प्रहरीको उपयोग गरेर हरेक जिल्ला प्रहरी कार्यलयमा ब्युरो नै खडा गरेर काम गर्नेछौं । त्यसबाट नियमन हुन्छ र नियमनको आधारमा कारबही हुनेछ ।’
यसका साथै निर्वाचन आयोगले समेत समाजिक सञ्जालबाट हुन सक्ने गलत कार्य र गलत सूचना रोक्ने गरी छुट्टै कार्यालय नै स्थापना गरेर काम गरिरहेको छ । जसमा नेपाल प्रहरी र नेपाली सेनाको साइबरसँग सम्बन्धित जनशक्तिको सदुपयोग गरिएको छ ।
निर्वाचनको समयमा गलत सूचना सामाजिक सञ्जालबाट फैलाउन नहुने निर्वाचन आचारसंहिता छ । यस्तो कार्य गरेको खण्डमा दण्डनीय हुने गरी निर्वाचन आचारसंहिता तय गरिएको छ ।
प्रतिक्रिया 4