News Summary
Generated by OK AI. Editorially reviewed.- सन्दीप क्षेत्रीले धरानस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका ७० दृष्टिविहिन विद्यार्थीका लागि मोटिभेसनसहितको लाफ्टर सेसन चलाए।
- सेयरिङ ह्याप्पिनेस फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा २०० जनाभन्दा बढी विद्यार्थी र अभिभावक सहभागी थिए।
- संस्थाका राज श्रेष्ठले दृष्टिविहिन विद्यार्थीलाई जीवनप्रति आशावादी र आत्मबलसहित अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
काठमाडौं । चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्री कमेडीसँगै आफ्नो सामाजिक र दयालु छविको कारणले पनि प्रशंसकमाझ परिचित छन् । उनले बेला–बेलामा हाँस्य कलालाई प्रेरणादायी कार्यको लागि प्रयोग गर्छन् ।
मंगलबार उनले धरानका दृष्टिविहिन विद्यार्थीको लागि ‘मोटिभेसनसहितको लाफ्टर सेसन’ चलाए । त्यहाँस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका ७० जना दृष्टिविहिन विद्यार्थीले उक्त सत्रमा सन्दीपबाट मनोरञ्जनसँगै प्रेरणा र आशावादीका कुरा सिके र सुने ।
सन्दीपलाई सुन्न ती विद्यार्थी अभिभावकसहित सहभागी थिए । कूल सहभागी संख्या २०० जनाभन्दा धेरै थिए ।

‘सन्दीप क्षेत्री फर स्पेसल चाइल्ड्स’ नाम दिइएको उक्त कार्यक्रमलाई सेयरिङ ह्याप्पिनेस फाउन्डेसनले आयोजना गरेको हो । संस्थाका राज श्रेष्ठका अनुसार दृष्टिविहिन विद्यार्थीलाई जीवनप्रति आशावादी र आत्मबलसहित अघि बढाउने उद्देश्यले सन्दीपसहित लाफ्टर सेसन चलाइएको बताए ।
पछिल्लो समय निकै ब्यस्त कमेडियन क्षेत्री देश तथा विदेशमा निकै रुचाइने हास्यकलाकारमध्ये पर्छन् ।
प्रतिक्रिया 4