News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री ओमप्रकाश अर्यालले विष पिएर पनि हिंसा रोक्न सफल भएको बताएका छन्।
- अर्यालले जेनजी आन्दोलनपछि आफूमाथि चौतर्फी आक्रमण हुँदा पनि हिंसा भड्किन नदिएको बताए।
- उनले सुरक्षा फौजको मनोबल उकासेको र अधिकारको दुरुपयोग रोकिएको दाबी गरे।
६ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विष पिएर आफूले हिंसा रोकेको बताएका छन् । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले जेनजी आन्दोलनपछि सबैतिरबाट आफूमाथि चौतर्फी आक्रमण हुँदा पनि हिंसा भड्किन नदिएको बताए ।
‘जेनजी आन्दोलनपछि ममाथि चौतर्फी आक्रमण भएको थियो । जेनजीकै नाममा पनि कतिपयले हिंसा गर्न खोजेका थिए । त्यतिबेला विष आफूले पिएर हिंसा रोकेको हुँ । सबैतिरबाट आक्रमण हुँदा पनि विचलित नभई काम गर्यौं’ मन्त्री अर्यालले भने ।
राजनीतिक हिंसा गर्न खोजे पनि त्यसलाई पूर्ण रुपमा रोकेको दाबी मन्त्री अर्यालले गरे । गिरेको सुरक्षा फौजको मनोबल पनि आफूले उकासेको उनले दाबी गरे ।
‘पहिला सुरक्षा निकायमा पक्षपात, दुरुपयोग हुन्थ्यो । नियुक्ति, सरुवा, बढुवामा अनियमितता हुन्थ्यो । त्यो अहिले कतै भएको छैन । अहिले अधिकारको दुरुपयोग नहुँदा मनोबल उठेको छ । यो पटक बल्ल सुरक्षाकर्मीले म सुरक्षाकर्मी हुँ भन्ने महसुस गरेका छन्’ मन्त्री अर्यालले भने ।
प्रतिक्रिया 4