News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले १६५ मध्ये ९ निर्वाचन क्षेत्रका लागि अझै उम्मेदवार टुंग्याउन सकेको छैन।
- कांग्रेसले कैलाली–४, मुस्ताङ, काठमाडौं १, २, ३ र ७, भक्तपुर–१, चितवन–१ र पर्सा २ मा उम्मेदवार तय गर्न बाँकी छ।
- कैलाली–४ मा निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश भएकाले उम्मेदवार छनोटमा विशेष ध्यान दिइएको छ।
६ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ९ क्षेत्रबाट अझै उम्मेदवारको नाम टुंग्याउन सकेको छैन ।
उम्मेदवारहरूको प्राप्त सूचीअनुसार कांग्रेसले १६५ मध्ये अझै ९ निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुंग्याउन बाँकी देखिएको छ ।
कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा पर्ने कैलाली–४ मा अझै उम्मेदवार खडा गर्न सकेको छैन । यसअघि कैलाली–४ बाट प्रदेश सभापति वीरबहादुर बलायरलाई टिकट दिने भनिएको थियो । कांग्रेसले मुस्ताङका लागि पनि उम्मेदवार छनोट गर्न सकेको छैन ।
यस्तै काठमाडौंका निर्वाचन क्षेत्रहरू १, २, ३ र ७ मा पनि उम्मेदवार तय हुन सकेको छैन । कांग्रेसले भक्तपुर–१, चितवन–१ र पर्सा २ मा पनि उम्मेदवार तय गर्न बाँकी छ ।
प्रतिक्रिया 4