News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुलाबाट राजेशसिंह सामन्तलाई प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ।
- सामन्त नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष र राष्ट्रिय मावि दत्तुका प्रधानाध्यापक थिए।
- स्वास्थ्य कारणले शिक्षण पेशाबाट राजीनामा दिएपछि उनले रास्वपामा प्रवेश गरी जिल्ला सभापति बनेका थिए।
५ माघ, दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दार्चुलाबाट प्रत्यक्षतर्फ राजेशसिंह सामन्तलाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघको राजनीतिमा सक्रिय सामन्त राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका हुन् ।
दुई महिनाअघि रास्वपा प्रवेश गरेका सामन्त शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष तथा राष्ट्रिय मावि दत्तुका प्रधानाध्यापक थिए ।
स्वास्थ्यका कारण शिक्षण पेशाबाट राजीनामा दिएका सामन्त राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएलगत्तै जिल्ला सभापति बनाइएको थियो । एक महिना संगठन विस्तार अभियान चलाएका सामन्तलाई रास्वपाले प्रतिनिधिसभा उम्मेदवार बनाएको हो ।
उनको महाकाली नगरपालिका–९ स्थायी बसोबास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4