News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढाले डोल्पा क्षेत्रबाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
- बुढाले ठुलिभेरी नगरपालिका–३ दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए।
- मनोनयन दर्ता पश्चात् नेकपाका समर्थकहरूले दुनै बजारमा बाजागाजा सहित र्याली निकालेका थिए।
६ माघ, डोल्पा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट प्रत्यक्षतर्फका उम्मेदवार धनबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्ररहेको डोल्पामा बुढाले ठुलिभेरी नगरपालिका–३ दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयन दर्ताका क्रममा उम्मेदवार बुढासहित नेकपाका नेता तथा कार्यकर्ताको समूह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो।
मनोनयन दर्ता पश्चात् बाजागाजा सहित उम्मेदवार समर्थकहरूले सदरमुकाम दुनै बजार क्षेत्रमा र्याली निकालेका थिए।
नेकपाका उम्मेदवार बुढा २०७० सालको संविधान सभा, २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समेत विजयी भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4