News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको १ र २ नम्बर क्षेत्रका लागि नेकपाका उम्मेदवार विजय गौतम र लवशेर विष्टले मनोनयन दर्ता गराएका छन्।
- गौतम र विष्ट दुवै पूर्वमाओवादी नेता हुन् र प्रतिनिधिसभा निर्वाचनमा नयाँ अनुहारका रूपमा सहभागी भएका छन्।
- गौतम विद्यार्थी राजनीतिबाट आएका युवा उम्मेदवार हुन् भने विष्ट २०७४ को स्थानीय तह निर्वाचनबाट थाहा नगरपालिकाका मेयर निर्वाचित भएका थिए।
६ माघ, हेटौंडा । मकवानपुरको १ र २ नम्बर क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
हेटौंडा उपमहानगरपालिका–१०, स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १ नम्बर क्षेत्रका उम्मेदवार विजय गौतम र २ नम्बर क्षेत्रका उम्मेदवार लवशेर विष्टले मनोनयन दर्ता गराएका हुन् ।
गौतम र विष्ट दुवै पूर्वमाओवादी नेता हुन् । प्रतिनिधिसभा निर्वाचनमा गौतम र विष्ट दुवै नयाँ अनुहार हुन् ।
विद्यार्थी राजनीतिबाट आएका विजय युवा उम्मेदवार हुन् । उनी पहिलोपटक निर्वाचनमा सहभागी हुँदैछन् । मकवानपुरको पूर्वी क्षेत्रमा उनको बलियो पकट रहेको मानिन्छ ।
२०७४ को स्थानीय तह निर्वाचनबाट थाहा नगरपालिकाको मेयरमा निर्वाचित विष्ट क्षेत्र नम्बर २ मा बलियो उम्मेदवारको रूपमो हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4