+
+
Shares

गुल्मी क्षेत्र नम्बर-१ मा उम्मेदवारहरूबीच खुसी साटासाट

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि तीन प्रमुख दलका नेताहरूले मनोनयन दर्ता गर्दा सामूहिक रूपमा खुसी साटासाट गर्दै सौहार्द्धपूर्ण सन्देश दिएका छन्।
  • नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले भने, “हामी उम्मेदवारहरू यसरी मिलेर प्रतिस्पर्धामा छौँ, गुल्मीबाट देशभरका राजनीतिज्ञले सिक्नुपर्ने सन्देश यहीं हो।”
  • तीनै नेताबीच देखिएको आपसी सम्मान र सहकार्यले राजनीतिमा मर्यादित प्रतिस्पर्धाको सन्देश प्रवाह गरेको छ।

६ माघ, गुल्मी । गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका तीन प्रमुख राजनीतिक दलका नेताहरूले मनोनयन दर्ताका क्रममा सामूहिक रूपमा खुसी साटासाट गर्दै सौहार्द्धपूर्ण सन्देश दिएका छन्।

मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीका नेता सुर्दशन बरालले उम्मेदवारी दर्ता गर्ने क्रममा एकआपसमा हात मिलाउँदै सामूहिक फोटो खिचाए ।

उक्त अवसरमा प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता भण्डारीले स्वस्थ प्रतिस्पर्धाको उदाहरण प्रस्तुत भएको उल्लेख गरे ।  “हामी उम्मेदवारहरू यसरी मिलेर प्रतिस्पर्धामा छौँ, गुल्मीबाट देशभरका राजनीतिज्ञले सिक्नुपर्ने सन्देश यहीं हो” उनले भने ।

तीनै नेताबीच देखिएको आपसी सम्मान, सहकार्य र सौहार्द्धपूर्ण व्यवहारले राजनीतिमा मर्यादित प्रतिस्पर्धाको सन्देश प्रवाह भएको छ। निर्वाचनको माहोल तातिँदै जाँदा देखिएको साैहार्द्धपूर्ण व्यवहारलाई उत्साहजनक रुपमा लिइएको छ ।

गुल्मी क्षेत्र नम्बर–१ मा प्रमुख दलका उम्मेदवार मैदानमा उत्रिएसँगै आगामी निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?