+
+
Shares

कांग्रेस त्यागेको घोषणा गरेका चन्दले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराए

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तेजबहादुर चन्दले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
  • चन्दले बैतडीबाट प्रतिनिधिसभा सदस्यको लागि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
  • उनले नेपाली कांग्रेस गलत बाटोतर्फ गएकाले स्वतन्त्र रुपमा अघि बढेको बताएका छन्।

६ माघ, बैतडी ।  पार्टी त्यागेको घोषणा गरेका कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका तेजबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

बैतडीबाट प्रतिनिधिसभा सदस्यको लागि मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । दलगत राजनीति त्यागेर स्वतन्त्र रुपमा अघि बढ्ने बताउँदै चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस गलत बाटोतर्फ गएकाले स्वतन्त्र रुपमा अघि बढेको चन्दले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?