४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
शाह काठमाडौंका मेयर बालेन शाहका प्रमुख स्वकीय सचिव भएर काम गरेका व्यक्ति हुन् ।
उम्ेमदवारी दर्तापछि शाहले जेनजी आन्दोलनलाई राजनीतिक चेतनाको ऐतिहासिक अभिव्यक्ति बताए । साथै, युवापुस्ताले उठाएको प्रश्न पारदर्शिता, जवाफदेहिता र परिणाममुखी शासन आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा रहेको उनको भनाइ छ ।
परम्परागत राजनीतिक अभ्यासबाट आजित जनताका लागि अब नयाँ सोच, स्पष्ट नीति र इमानदार प्रतिबद्धतासहितको नेतृत्व अपरिहार्य भएको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4