News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अशोक चौधरीले सुनसरी ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरिसकेका छन्।
- उनी विघटित प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद् थिए।
- २१ फागुनमा हुने निर्वाचनका लागि देशभर प्रत्यक्ष तर्फको मनोनयन आज भइरहेको छ।
६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता अशोक चौधरीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
उनले सुनसरी ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी निवर्तमान सांसद् हुन् । विघटित प्रतिनिधिसभामा उनी समानुपातिक तर्फबाट सदस्य थिए ।
आगामी २१ फागुनको निर्वाचनका लागि आज देशभर मनोनयन भइराखेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भइराखेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4