+
+
Shares

सिरहा-३ : नेकपाबाट विश्वनाथ साहको उम्मेदवारी दर्ता

नेपाली कम्युनिस्ट पार्टीबाट सिरहा निर्वाचन क्षेत्र नं-३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि विश्वनाथ साहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १६:५६

६ माघ, सिरहा। नेपाली कम्युनिस्ट पार्टीबाट सिरहा निर्वाचन क्षेत्र नं-३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि विश्वनाथ साहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

पूर्वशान्ति तथा पुनर्निर्माण मन्त्रीसमेत रहिसकेका साहले यसपटक तेस्रो पटक सिरहा क्षेत्र नं-३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

२०६४ सालमा सिरहामा ६ वटा निर्वाचन क्षेत्र कायम रहँदा साहले क्षेत्र नं–५ बाट उम्मेदवारी दर्ता गराएका थिए। लामो राजनीतिक अनुभव बोकेका साहको उम्मेदवारीले सिरहा क्षेत्र नं–३ को चुनावी माहोल थप चासोपूर्ण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?