News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमको 'न्यारो बडी' ए३२० जहाजको इन्जिन मर्मत सकिएर इजरायलबाट काठमाडौं ल्याइएको छ।
- इन्जिन मर्मत र भाडा खर्चसम्बन्धी सम्झौताअनुसार निगम र इजरायल एरोस्पेसले वार्ता गरी इन्जिन जडान प्रक्रिया सम्पन्न गरेका छन्।
- इन्जिन जडानपछि जहाजले नियमित उडान सुरु गरेको र चार वटै जहाजबाट नियमित उडान भइरहेको निगमले जनाएको छ।
६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ ए३२० जहाजको इन्जिन मर्मत सकिएर इजरायलबाट नेपाल ल्याइएको छ ।
निगमकाे दर्ता नम्बर ‘९एन-एकेएक्स’ जहाजले नियमित उडान समेत थालेको निगमले जनाएको छ । विविध कारण लामो समयदेखि इजरायलस्थित इजरायल एरोस्पेस इन्डस्ट्रीमा रहेको जहाज सोमबार काठमाडौं ल्याइएको हो ।
इन्जिन मर्मत तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आईएआईबीच विद्यमान सम्झौताका आधारमा वार्ताबाट समझदारी सम्पन्न गरी इन्जिन जडान तथा प्राविधिक प्रक्रिया सम्पन्न गरिएको निगमले जनाएको छ ।
यो जहाज इजरायलको तेलअभिबबाट दुबई हुँदै दुबई–काठमाडौंको नियमित उडान मार्फत काठमाडौं आइपुगेको हो । अब जहाज नियमित उडान तालिकामा फर्केको निगमको भनाइ छ ।
निगम व्यवस्थापनको निरन्तर प्रयास स्वरूप लामो समयदेखि विवादमा रहेको विषय टुंगिएको र १२ महिनाको इन्जिन भाडा र इन्जिन जडान बापत खर्च रकम मिनाहा भई क्षतिपूर्ति स्वरूप निगमले प्राप्त गरी आफ्नै इन्जिन जडान भई काठमाडौं फर्किएसँगै चार वटै जहाजबाट नियमित उडान भइरहेको निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले बताए ।
प्रतिक्रिया 4