+
+
Shares

गुल्मीमा पनि दलभन्दा स्वतन्त्र उम्मेदवार धेरै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते ८:३३
गुल्मीका दलका उम्मेदवार

७ माघ, गुल्मी । गुल्मी जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी धेरै परेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ४३ जना उम्मेदवारमध्ये २० जना विभिन्न दलबाट र २३ जना स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर–१ मा कुल २१ जना उम्मेदवारमध्ये ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्रकान्त भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल र नेपाली कम्युनिस्ट पार्टीबाट सुदर्शन बराल उम्मेदवार बनेका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीबाट मायालक्ष्मी स्यात, नेशनल रिपब्लिक नेपालबाट लोकबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर थापा र आम जनता पार्टीबाट सिखा रेश्मीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलका अनुसार यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रेमप्रसाद श्रेष्ठ, टोपबहादुर थापा, चेतनबहादुर बस्नेत, घनश्याम गौतम, कृष्णबहादुर सुनार, मेघबहादुर गाहा, प्रेमलाल भण्डारी, लक्ष्मण भण्डारी, यमबहादुर बस्नेत, विमल ज्ञवाली र सूर्यबहादुर सोनी मगर चुनावी मैदानमा छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा पनि स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रहेको छ । यस क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न दलबाट १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

दलतर्फ नेकपा एमालेका गोकर्णराज बिष्ट, नेपाली काँग्रेसका भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी र नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महत मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

यसैगरी उज्यालो नेपाल पार्टीका कर्णबहादुर थापा, नेशनल रिपब्लिक नेपालका पदम थापा मगर, मंगोल नेशनल अर्गनाइजेसनका बेदबहादुर थापा, राष्ट्रिय जनमोर्चाका तारा बहादुर थापा क्षेत्री, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सन्त नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टीका जनक सेनले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत जिल्ला न्यायाधिवक्ता हरिहर पौडेलका अनुसार स्वतन्त्र उम्मेदवारका रूपमा भागिरथ थापा, भुमिराज सापकोटा, महेश्वर घिमिरे, मालता घिमिरे, रामप्रसाद घिमिरे, खुबिराम आचार्य, लोकबहादुर पुन, सरस्वती लम्साल, सुरेन्द्र पाण्डे, कुमारी हरिकला श्रीस मगर, नरेन्द्रप्रसाद रिजाल र फर्सुराम कडेल रहेका छन् ।

यद्यपि स्वतन्त्र उम्मेदवारको संख्या बढी भए पनि मुख्य दलका उम्मेदवारलाई कडा टक्कर दिने खालका स्वतन्त्र उम्मेदवार भने हालसम्म देखिएका छैनन् । मुख्य प्रतिस्पर्धा दलहरुबीच नै हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?