+
+
Shares

महिन्द्रा ‘एक्सईभी ९ ई’ले पायो इन्डिया कार अफ द इयर २०२६ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिन्द्राको एक्सईभी ९ ईले भारतको प्रतिष्ठित अटोमोबाइल अवार्ड ‘कार अफ द इयर २०२६’ पाएको छ।
  • अग्नि इन्कर्पोरेटेडले अवार्डले इलेक्ट्रिक मोबिलिटीप्रति पूर्ण समर्पण र समग्र दृष्टिकोणलाई विशेष मान्यता दिएको बताएको छ।
  • यो अवार्डले एक्सईभीलाई दक्षिण एसियाली बजारमा दिगो लक्जरी र नवीनताको नयाँ मानकको रूपमा स्थापित गरेको छ।

७ माघ, काठमाडौं । महिन्द्राको एक्सईभी ९ ईले भारतको प्रतिष्ठित अटोमोबाइल अवार्ड ‘कार अफ द इयर २०२६’ पाएको छ । नेपालमा महिन्द्राको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडले अवार्ड पाएको सम्बन्धमा जानकारी गराएको छ ।

‘आईकोटीद्वारा प्रदान गरिने प्रमुख तीन अवार्डमध्ये ग्रिन कार अवार्डले वातावरणीय प्रदर्शन, ऊर्जा दक्षता र शून्य उत्सर्जन प्रविधिमा उल्लेखनीय प्रगति देखाउने सवारीसाधनहरूलाई सम्मान गर्दछ’ कम्पनीले भनेको छ ‘यो अवार्डले इलेक्ट्रिक मोबिलिटीप्रति पूर्ण समर्पण र समग्र दृष्टिकोणलाई विशेष मान्यता दिएको छ।’

यो अवार्ड महिन्द्राको बोर्न इलेक्ट्रिक आईएनजीएलओ प्लेटफर्मको सफलताको प्रमाण रहेको कम्पनीले जनाएको छ ।

‘यो प्रतिष्ठित सम्मानले एक्सईभीलाई केवल सवारीसाधनको रूपमा मात्र नभई दक्षिण एसियाली बजार, विशेष गरी नेपालमा, दिगो लक्जरी र नवीनताको नयाँ मानकको रूपमा स्थापित गरेको छ’ विज्ञप्तिमा उल्लेख छ ।

बीएमडब्लू, बीवाईडी, हुन्डाई, किया, एमजी, टाटा र टेस्ला जस्ता प्रतिष्ठित इलेक्ट्रिक र वातावरणमैत्री सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै एक्सईभी ९ ईले ग्रिन कार श्रेणीमा सबैभन्दा उच्च स्कोर प्राप्त गरेको अग्नि इन्कर्पोरेटेडले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?