+
+
Shares

हिमालयन एभरेस्ट इन्स्योरेन्सको साधारणसभाबाट लाभांश पारित, वित्तीय विवरण स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
  • गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय पारित भएको छ।
  • आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीको वाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक साधारणसभाबाट पारित भएको छ।

७ माघ, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त साधारणसभाबाट गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन पारित भएको छ ।

साथै सोही आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश समेत पारित भएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को लागि कम्पनीको वाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक समेत साधारणसभाबाट पारित भएको छ ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले प्रविधि र दक्ष जनशक्तिमा गरिएको निरन्तर लगानीले कम्पनीलाई दीर्घकालीन रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?