+
+
Shares

‘हाँस्छ अमेरिका’ टूर लिएर अमेरिका उडे ५ कमेडियन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १३:१९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमेडी नाइट विथ च्याम्पियन्सका पाँच कमेडियन कलाकार अमेरिका कमेडी टूरका लागि ७ फेब्रुअरीदेखि ८ मार्चसम्म १४ सहरमा जाने भएका छन्।
  • फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले आयोजना गरेको 'हाँस्छ अमेरिका भोल्यूम १' टूरमा भरतमणी पौड्याल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल र कैलाश कार्की सहभागी छन्।
  • फेम नेपालका प्रमुख विमल पछाईले भने, 'यहाँको ब्यस्त दैनिकीमा कमेडी एउटा साधना र मनोरञ्जनजस्तै हुनेछ' र कार्यक्रम पारिवारिक शोको रुपमा आयोजना हुनेछ।

काठमाडौं । कमेडी टूरको लागि ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का ५ जना कमेडियन कलाकार अमेरिका उडेका छन् । मंगलबार बेलुका फ्लाई दुबईको जहाजबाट उनीहरू त्यता लागेका हुन् ।

७ फेब्रुअरीदेखि ८ मार्चसम्म १४ अमेरिकी सहरमा ‘हाँस्छ अमेरिका भोल्यूम १’ कमेडी टूर आयोजना हुँदैछ । फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले टूर आयोजना गरेका हुन् ।

भरतमणी पौड्याल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल र कैलाश कार्की टूरमा सहभागी छन् । ‘टूर लिएर अमेरिकी दर्शकलाई हँसाउन जाँदैछु, उत्साहित छौं’ त्यसतर्फ लाग्नुअघि भरतमणीले अनलाइनखबरसँग भने ।

टेक्सास, भर्जिनिया, न्यूयोर्क, बाल्टिमोर, सन फ्रान्सिस्को, पेन्सिलभेनिया, बोस्टन लगायतको राज्यका सहरमा टूर आयोजना हुने फेम नेपालका प्रमुख विमल पछाईले बताए । ‘यहाँको ब्यस्त दैनिकीमा कमेडी एउटा साधना र मनोरञ्जनजस्तै हुनेछ’ उनले भने, ‘विशुद्ध पारिवारिक शोको रुपमा कार्यक्रम हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?