+
+
WC Series
Nepal Women
138/7 (20)
VS
Netherlands won by 2 runs
Won Netherlands Women
140/5 (20)
Shares

उच्च मूल्यबाट घट्यो सुनचाँदी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ।
  • अघिल्लो दिन सुनको भाउ २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
  • अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै नेपालमा सुन र चाँदीको भाउ क्रमशः २ हजार ९ सय र ५० रुपैयाँले घटेको छ।

८ माघ, काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेसँगै नेपालमा समायोजन हुँदा घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर छ ।

चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएकोमा आज ५ हजार ८७० रुपैयाँमा झरेको छ । चाँदी पनि अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?