काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्सको एउटा सानो शहरमा गोली चल्दा तीन जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ।
गोली लागेर घाइते भएका चौथो व्यक्तिलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
यो घटना स्थानीय समय अनुसार बुधबार ४:४० बजे लेक कार्जेलिगोमा भएको बताइएको छ।
प्रहरीले मानिसहरूलाई त्यस क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ र स्थानीय बासिन्दाहरूलाई घरभित्रै बस्न सल्लाह दिइएको छ ।
गोली चलेको खबर आएपछि वाकर स्ट्रिट र येल्किन स्ट्रिट नजिकैको क्षेत्रमा आपतकालीन सेवाहरू बोलाइएको प्रहरीले जनाएको छ।
गत महिना सिड्नीको बोन्डी बीचमा भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4