+
+
Shares

झापाका ९५ मतदानस्थल अति संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ९५ मतदानस्थल अतिसंवेदनशील वर्गीकरण गरिएका छन्।
  • जिल्लाका २८५ मतदानस्थलमध्ये १४७ संवेदनशील र ४३ सामान्य रहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताए।
  • निर्वाचनमा सात लाख १३ हजार ५३७ मतदाता सहभागी हुनेछन् र सुरक्षा लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिनेछ।

८ माघ, झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसंवेदनशीलका रुपमा राखिएको बताए ।

जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका उनले जानकारी दिए ।

जिल्लामा ८१५ वटा मतदान केन्द्र छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनको भनाइ छ ।

गेलालले क्षेत्र नं ५ मा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिए ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँच जना प्रतिनिधिसभा प्रतिनिधि निर्वाचित हुने र यसका लागि झापामा सात लाख १३ हजार ५३७ जनाले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?