+
+
Shares

रास्वपाबाट टिकट नपाएपछि स्वतन्त्र उठेका साहको उम्मेदवारी फिर्ता

सप्तरी क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ८ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरी क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट नपाएपछि सुरेन्द्र प्रसाद साहले स्वतन्त्र उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।
  • साहले शुक्रबार बिहान १०:०० बजे निर्वाचन अधिकृतको कार्यालय कल्याणपुर पुगेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।
  • साहले रास्वपाका आधिकारिक उम्मेदवार सिताराम साहलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

८ माघ, सप्तरी । सप्तरी क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्।

उनले शुक्रबार बिहान १०:०० बजे निर्वाचन अधिकृतको कार्यालय कल्याणपुर पुगेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेको रास्वपा बोदेबरसाइन नगर संयोजक राजु यादवले जानकारी दिए।

उनका अनुसार साहले रास्वपाका आधिकारिक उम्मेदवार सिताराम साहलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बोदेबरसाइन नगरपालिका–५ स्थित धर्मशालामा आयोजित छलफलमा रास्वपा नेता दयानन्द गोइत, रास्वपाका प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिताराम साह, ननु भगतसहितको उपस्थितिमा उक्त सहमति भएको हो।

सहमतिअनुसार अब पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउने निर्णय गरिएको नेता दयानन्द गोइतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?