News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीलंकाले इंग्ल्यान्डसँगको ओडिआई शृंखलाको पहिलो खेल १९ रनले जितेको छ।
- कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा भएको खेलमा इंग्ल्यान्ड ४९.२ ओभरमा २५२ रनमा अलआउट भयो।
- श्रीलंकाका दिलशान मधुशन्काले ३ विकेट लिए भने कुशल मेन्डिसले सर्वाधिक अविजित ९३ रन बनाए।
९ माघ, काठमाडौं । श्रीलंकाले इंग्ल्यान्डसँगको ओडिआई शृंखलाअन्तर्गत पहिलो खेल जितेको छ ।
बिहीबार कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा भएको खेलमा श्रीलंका १९ रनले विजयी भएको हो । श्रीलंकाले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४९.२ ओभरमा २५२ रनमा अलआउट भयो ।
इंग्ल्यान्डका लागि बेन डकेटले सर्वाधिक ६२ र जो रुटले ६१ रन बनाए । अन्त्यतिर जेमी ओभर्टनले १७ बलमा ३४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
श्रीलंकाका लागि दिलशान मधुशन्काले ३ विकेट लिए । दुनिथ वेलालगे र जेफरे वेन्डरसेले २-२ तथा असिथा फर्नान्डो, धनन्जय डा सिल्भा र चरिथ असलंकाले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २७१ रन बनाएको थियो । कुशल मेन्डिसले सर्वाधिक अविजित ९३ रन बनाए भने जनिथ लियानागेले ४६ रन जोडे ।
इंग्ल्यान्डका लागि आदिल रसिदले ३ विकेट लिए । साम करान, लियाम डसन र रेहान अहमदले १-१ विकेट लिए ।

प्रतिक्रिया 4